FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता बैंक बाट भुस्तानी गरीने

बेलबारी नगरपालिका बाट बितरण गरीने नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता अब देखि बैंक मार्फत प्रदान गरीने भएको छ । उक्त कार्यक्रमको लागि बेलबारी शाखाका राष्ट्रीय बाणीज्य बैंक, सेन्च्रुरी बैंक, NMB बैंक, प्रभु बैंक र सानिमा बैंक बाट बितरण गरीने ब्यबस्था मिलाईएको छ । राष्ट्रीय बाणीज्य बैंक बाट वडा न‌. ४ र ९ को, सेन्च्रुरी बैंक बाट वडा न‌. ५,६,७ र १० को, NMB बैंक बाट  वडा न‌. ३ र ११, प्रभु बैंक बाट वडा न. १ को र सानिमा बैंक बाट वडा नं २ र ८ का लाभग्राहीहरुले भदौ मसान्त सम्म बैंक खाता खोली भत्ता प्राप्त गर्नसक्ने छन् । यस सम्बन्दी अन्य जानकारी तथा सहजताका लागी लाभग्राहि स्वयंले नगरपालिका कार्यानयमा सम्पर्क गर्नुहुन समेत सुचीत गरिएको छ ।