FAQs Complain Problems

समाचार

बेतना

Read More

बेलबारी

Read More

रमिते सामुदायि पर्यटकीय क्षेत्र

Read More

सृजना पार्क

Read More

नगरपालिकाको संक्षिप्त परिचय

मोरङ जिल्ला प्राचीन कालमा विराट राजाको राजधानी र मध्यकालमा विजयपुरमा विजयनारायण पछि पाल्पाली सेन राजाको राज्य भित्र रहेको इतिहास छ । मोरङ जिल्लाका एक विराटनगर महानगरपालिका ८ नगरपालिका र ८ गाउँपालिकाहरूमध्ये बेलबारी नगरपालिका एक हो । मानव बसोबासको इतिहास र पुरातात्त्विक प्रमाणहरूको आधारमा लगभग तीन हजार वर्ष अघिदेखि बसोबास गरिआएको बेतना सिमसार क्षेत्रको पुरातात्त्विक प्रमाण र लगभग आठ सय वर्षभन्दा अगाडिको धनपालगढी क्षेत्र रहेको यो बेलबारी नगरपालिका हो । आधुनिक नेपाल निर्माणपछि ३५ वटा जिल्लाहरू हुँदा हालको मोरङ, झापा, सुनसरी एउटा जिल्ला मोरङ रहेको थियो । यो बेलबारी नगरपालिका मोरङ जिल्लाको लगभग मध्य भागमा रहेको छ ।

ऐतिहासिक कालमा यो क्षेत्र घना जङ्गलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जङ्गलले नै ढाकिएको छ । पुराना बुढापाकाहरूको भनाइ अनुसार त्यस समयमा यहाँको जङ्गल क्षेत्रमा प्रशस्त बेलको रुखहरू पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै बेलबारी रहन गएको हो । अर्थात् बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाइ रही रहेको छ । नेपाल सरकारबाट २०७१ साल वैशाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर नगरपालिका बने पछि सङ्घीय राज्यको संरचना अनुसार पुन: २०७३ को राज्य पुनर्संरचना पश्चात् बेलबारी नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको बेलबारी नगरपालिका बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरूमा विभाजन गरिएको छ । बेलबारी नगरपालिकाको कुल ‍१३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।

Pages

सूचना तथा समाचार

Pages

जनप्रतिनिधि

दिल प्रसाद राई
नगर प्रमुख
dpthule246@gmail.com
021-434213, 9852046509
नितु थापा कोइराला
उप– प्रमुख
neetu.thapakoirala@gmail.com
021-434920, Mob.9852034135
टेक बहादुर राई
प्रवक्ता / वडाध्यक्ष
raitekbahadur32@gmail.com
9852029099

कर्मचारी

तारानाथ लुईटेल
प्रमुख प्रशासकीय अधिकृत
info@belbarimun.gov.np
९८५२०६४१११
महेन्द्र खड्का
सूचना अधिकारी
suchanaadhikari@belbarimun.gov.np
9852045604
धनमाया राई
अधिकृतस्तर आठौँ
account@belbarimun.gov.np
9852020417

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- पशु सेवा केन्द्र बाहुनी
सेवा दिने कार्यालयः- पशु सेवा केन्द्र बाहुनी
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.रोगी पशु सेवा केन्द्र बेलबारी वा बाहुनीमा ल्याई नाम लेखाउनु पर्ने

२.संकलित नमुना सेवाग्राही स्वयंले पशु रोग अन्वेषण प्रयोगशालामा लानु पर्ने

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- पशु सेवा केन्द्र बाहुनी
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.बिहानको ताजा १ चम्चा गोबर सफा सिसा तथा प्लास्टिक ब्यागमा प्याक गरि ढिलोमा १२ बजे भित्र ल्याई पुर्याउनु पर्ने,

२.ताजा पिसाब तथा दूध सफा सिसामा बरफमा राखी ल्याउनुपर्ने,

३.रोग प्रभावित स्थानको छाला चक्कुले गहिरो गरि खुर्केर सम्मर्क गर्ने |

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पशु सेवा केन्द्र बाहुनी
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. कार्यालय समयमा पशु सेवा शाखा बेलबारी  तथा पशु सेवा केन्द्र बाहुनीमा पशुपन्क्षी ल्याई नाम लेखाउनु पर्ने

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पशु सेवा उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- रु. १० को टिकट
आवश्यक कागजातहरुः-

१.तालीम प्रदायक सस्थाबाट प्राप्त प्रमाण पत्रको प्रतिलिपि

२.कृतिम गर्भाधान गर्ने प्रमाण पत्र

३.नेपाली नागरिकताको प्रतिलिपि २ प्रति फोटो सहितको निवेदन

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पशु सेवा उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- . रु.१० को टिकट
आवश्यक कागजातहरुः-

१.सम्बन्धित निकायमा दर्ता भएको प्रमाण पत्र प्रतिलिपि २.व्यवसायीको फोटो २ प्रति सहितको निबेदन

३.व्यवसायीको नेपाली नागरिकताको प्रतिलिपि ,

४.व्यवसाय संचालन गर्ने स्थानको जग्गा धनिपुर्जाको प्रतिलिपि ५.आफनो नाममा जग्गा नभएमा मन्जुरीनामा

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- पशु सेवा उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- रु. १० को टिकट
आवश्यक कागजातहरुः-

१.कृषकहरुको भेलाले निर्णय गरेको बैठक प्रतिलिपि ,

२.समुहको विधान सहित सम्बन्धित वडा कार्यालयमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ,

३.समुह सदस्यको नेपाली नागरिकताको प्रतिलिपि

४.पदाधिकारीहरुको २ प्रति फोटो सहितको निवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईको अध्यावधिक विवरण

सेवा प्रकारः-
सेवा समयः- आवश्यक कागजात प्राप्त भएको मितिले सक्सम्म सोही दिन नभए भोली पल्ट
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.शहरी पूर्वाधार शाखा र योजना शाखाबाट आवश्यक कागजात सहित सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.सम्बन्धित विद्यालयको निवेदन

२.वि.व्य.सको बैठकको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- निवेदन दिएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- शिक्षा,युवा तथा खेलकुद उप-शाखा
सेवा दिने कार्यालयः- बेलबारी नगरपालिका
सेवा शुल्कः- रु.२५०
आवश्यक कागजातहरुः-

१.निवेदन

२.जन्मदर्ता, सम्बन्धित विद्यालयको सिफारिस

Pages